गृहपृष्ठ पैनीमा डुबेर बालिकाको मृत्यु, एक बेपत्ता

पैनीमा डुबेर बालिकाको मृत्यु, एक बेपत्ता

death-newskarobar

मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पथरी शनिश्चरे नगरपालिका–६ का राजीव तामाङकी ११ वर्षीया छोरी सृजना र इलाम दानाबारीका कृष्ण तामाङकी ८ वर्षीया छोरी प्रीति सुनवर्षि नगरपालिका–४ सुरतस्थित फुपूको घर जाँदै गर्दा पैनीमा खसेका थिए ।

पैनीमा खसेर बेपत्ता भएकी प्रीति पैनीको सय मिटर पर मृत अवस्थामा फेला परेकी छन् । ११ वर्षीया सृजना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजूले जानकारी दिए ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु