गृहपृष्ठ बस दुर्घटनामा तीन शिशुसहित १३ इरानीको मृत्यु

बस दुर्घटनामा तीन शिशुसहित १३ इरानीको मृत्यु

accident-newskarobar

इरानको मध्य क्षेत्रमा मंगलबार बस दुर्घटना हुँदा ३ बालबालिकासहित १३ इरानीको मृत्यु भएको छ । राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) का अनुसार सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा दुर्घटना भएको हो ।

गुडिरहेको बस चिप्लिएर खोल्सामा खसेको थियो । इरानी सडक राम्रा भए पनि दुर्घटना धेरै हुने गरेका छन् । त्यसमा पुराना गाडी र चालकको लापर्बाही मुख्य कारक रहेको बताइन्छ । (एजेन्सी)

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु