गृहपृष्ठ नेकपामा टुंगियो एकता
नेकपामा टुंगियो एकता
नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी एकता प्रक्रियाका सम्पूर्ण काम टुंगिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भएको छलफलले पार्टी एकताका सबै कामलाई टुंगोमा पु-याएको हो । छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पनि सहभागी थिए ।
बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनलगायतका विषयमा सहमति बनेको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गत वर्षको जेठ ३ गते पार्टी एकता घोषणा भएको थियो । पार्टी एकता भए पनि केही कुरा भने टुंगिन बाँकी थियो ।
प्रकाशित समय ०६:५९ बजे
















