गृहपृष्ठ घरायसी विवादमा बुहारीले गरिन् सासूको हत्या

घरायसी विवादमा बुहारीले गरिन् सासूको हत्या

mritu_newskarobar

धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीले वृद्ध सासूको हत्या गरेकी छन् । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो । सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए । सासूले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काएका कारण सासूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु