गृहपृष्ठ धनगढीमा बम विस्फोट, पाँच घाइते
धनगढीमा बम विस्फोट, पाँच घाइते
सांकेतिक तस्बिर
धनगढी नगरपालिका-४ स्थित एक होटलमा बम विस्फोट भएको भएको छ । विस्फोटमा परी पाँच जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ साढे ७ तिर टिफिन कन्टेनर बम विस्फोट भएको हो । घटनास्थल नजिकै ९ एमएम चाननिज पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।
सहिद चोकनजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका सञ्चालक केशवराज पाण्डेसहित होटलका ग्राहक राम सिंह, लक्ष्मण सिरेला, जितेन्द्र यादव र मोबिन खान घाइते भएका छन् । उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय २२:०६ बजे

















