गृहपृष्ठ धनगढी विस्फोटका एक घाइतेको मृत्यु

धनगढी विस्फोटका एक घाइतेको मृत्यु

death-newskarobar

धनगढीमा बिहबिार भएको बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको मृत्यु भएको छ ।

शहीद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा घाइते भएका सिंहको उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटबाट घाइते होटेल सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र मोबिन खानको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै ९ एमएम चाननिज पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । विस्फोट कसले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु