गृहपृष्ठ मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

मेची भन्सार कार्यालय झापाले गत आव २०७५–७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व संकलनमा कमी भएको जनाएको छ ।

भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिंकर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व संकलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले जानकारी दिए । भन्सारले गत आर्थिक वर्षका लागि ११ अर्ब ८२ करोड ६१ लाख एक हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त आर्थिक वर्षमा १० अर्ब नौ करोड ९५ लाख ७३ हजार राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताए । यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।

भन्सारले गत अघिल्लो वर्षको तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी संकलन गरेको छ । अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । (रासस)

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु