गृहपृष्ठ मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना

मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी शुक्रबार राति देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेके महाशाखाको विज्ञप्तिमा छ । पूर्वी तथा मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले त्यस क्षेत्रका सबैलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु