गृहपृष्ठ बाजुरामा जीप दुर्घटना हुँदा २ को मृत्यु, ११ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा २ को मृत्यु, ११ जना घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बाजुराबाट कालिकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

फिलुचौरबाट छुटेको क१ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा जीप चालक कैलाली टीकापुर नगरपालिका– ४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु