गृहपृष्ठ विप्लव समूहका उपत्यका इञ्चार्ज लामा पक्राउ
विप्लव समूहका उपत्यका इञ्चार्ज लामा पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।
प्रहरीले लामालाई शनिबार राति काँडाघारीबाट पक्राउ गरेको हो । लामा बसेको घरलाई प्रहरीले घेरा हाली पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीसँगै विप्लव समूहकै कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन् ।
प्रकाशित समय १४:२७ बजे

















