गृहपृष्ठ मनमा देशप्रेम हुनेहरुमात्रै सच्चा नेपालीः मन्त्री पण्डित
मनमा देशप्रेम हुनेहरुमात्रै सच्चा नेपालीः मन्त्री पण्डित
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रेत हुनेहरु मात्रै नेपाली हुन सक्ने बताएका छन् । उनले नेपालमा बस्ने सबैले सच्चा नेपाल हुन सक्नु पर्ने बताए ।
गायक, संगीतकार तथा पूर्व प्रहरी नायव उपरिक्षक किशोर खतिवडाको सम्झानामा तयार भएको ‘हामी नेपाली’ म्युजिक भिडियो मंगलबार संवाद डबलीमा लोकापर्ण गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।
‘यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ,’ मन्त्री पण्डितले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट ठूलो योगदान दिएको बताए । खतिवडा देशप्रेम भएको ब्यक्ति समेत भएको बताए ।
कार्यक्रममा पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, भवानीप्रसाद पौडेल, दिप लुलाधारलगायतले खतिवडाले समाजको लागि गरेको कार्यको चर्चा गरेका थिए । त्यसैगरी खतिवडाकी छोरी श्रद्धा खतिवडाले आफूहरुलाई बुबाको देशप्रतिको मायाले प्रेरणा दिइरहेको बताइन् । उनले बाबुले समाजको लागि गरेको कुराको चर्चा हुँदा पीडा कम भएको अनुभूति भएको बताइन् ।
प्रकाशित समय ०७:५० बजे

















