गृहपृष्ठ अबको कदम, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेटको अन्त्यः गृहमन्त्री थापा
अबको कदम, शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेटको अन्त्यः गृहमन्त्री थापा
काठमाडौं- आज अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीको नेतृत्वको टोलिले गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लाई माग पत्र पेश गरेकाे छ ।
उनीहरूले सहिद तथा बेपत्ता परिवार, शिक्षा, राजनीति संग सम्बन्धित मागहरू छिटोभन्दा छिटो पुरा गर्न माग गरेका छन् ।
उक्त भेटमा गृहमन्त्री राम बहादुर थापाले भने, ‘तपाइर्हरूले राखेका मागहरू अत्यन्त जायज, समय सान्दर्भिक र महत्त्वपूर्ण छन् । म यी मागहरू प्रति अत्यन्त सकारात्मक छु, म तपार्इहरूलाइ विश्वास दिलाउन चाहन्छु । यी मागहरू पूरा गनेर् दिशामा हामी जाने छाैं ।’
त्यसै गरि आलोक रायमाझीले शिक्षा र स्वास्थ क्षेत्रको बिकृतीको बारेमा जानकारी र जिज्ञासा राख्दा गृहमन्त्री थापाले भने, ‘अबको कदम भनेको शिक्षा र स्वास्थ क्षेत्रको माफियाकरण र सिन्डिकेटको विरुद्धमा हुन्छ, शिक्षा र स्वास्थक्षेत्रको सिन्डिकेट ता॓ड्छाै, माफियाकरणको अन्त्य गर्छौ ।’
प्रकाशित समय ०७:४० बजे

















