गृहपृष्ठ युवासँग प्रदेश सरकारको ठूलो अपेक्षा : मुख्यमन्त्री राई
युवासँग प्रदेश सरकारको ठूलो अपेक्षा : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवासँग ठूलो अपेक्षा राखेको बताएका छन् । उदयिन नेपाल नामक युवा संस्थाको शनिबार विराटनगरमा शुभारम्भ गर्दै मुख्यमन्त्री राईले युवाको सहभागिताबिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन नसक्ने बताए ।
उनले दुव्र्यवसन मुक्त प्रदेश बनाउनसमेत युवाको भूमिका महत्वपूर्ण हुने विचार राखे । मुख्यमन्त्री राईले युवालाई उत्पादनशीलतासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि युवा केन्द्रित विभिन्न कार्यक्रम ल्याइएको जानकारी गराए ।
उनले युवालाई उद्यमशीलताँंग जोड्न प्रदेश सरकारले यो वर्ष २० करोड बजेट विनियोजन गरेको जानकारी दिए । मुख्यमन्त्री राईले देशको अहिलेको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा नीति र पाठ्यक्रममा आवश्यक परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यता औँल्याए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने विषय युवाकै विचारमा निर्भर रहेको बताए । उनले सामाजिक मूल्य मान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको उल्लेख गरे । नवगठित उदयिन नेपाल संस्थाले नयाँ पुस्तालाई चरित्रवान र नैतिकवान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन् ।
प्रकाशित समय १८:३२ बजे

















