गृहपृष्ठ क्यालिफोर्निया डुंगा दुर्घटना : २० को शव भेटियो, १४ अझै बेपत्ता

क्यालिफोर्निया डुंगा दुर्घटना : २० को शव भेटियो, १४ अझै बेपत्ता

अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुंगा दुर्घटनामा मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।

सोमबार मध्यरातमा डुंगामा एक्कासी आगलागी भएपछि बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ महिला र ९ जना पुरुष रहेका छन् । हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।

आगलागी भएको बेला डुंगामा ३९ यात्रु रहेका थिए । पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु