गृहपृष्ठ नेपाल टेलिकमको मिस्डकल अलर्ट सेवा, एउटै कल छुट्दैन अब

नेपाल टेलिकमको मिस्डकल अलर्ट सेवा, एउटै कल छुट्दैन अब

nepal-telecom-newskarobar

के तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन ।

नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराएको छ । यो सुविधाको प्रयोग गरेमा तपाईले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नुहुनेछ । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको हो । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएकोर स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिने टेलिकमले जनाएको छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने बताइएको छ ।

आफ्नो मोबाइलमार्फत ८१४००३ डायल गरेर दिइएका विकल्प अनुसार अथवा कगद mअब लेखेर १४०० एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ ।

यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित समय ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु