गृहपृष्ठ कोहलपुर-सुर्खेत-दैलेख प्रशारण लाइनका लागि टेण्डर आह्वान
कोहलपुर-सुर्खेत-दैलेख प्रशारण लाइनका लागि टेण्डर आह्वान
सांकेतिक तस्बिर
कोहलपुर-सुर्खेत-दैलेख १ सय ३२ केभि प्रसारण लाइन आयोजनाको टेन्डर आह्वान भएको छ ।
आयोजनाले ४६ दिने सूचना निकाली मंगलबार टेन्डरका लागि आह्वान गरेको हो । २४ महिनामा काम सक्नेगरी आवेदन दिने ठेकेदार कम्पनीलाई कामको जिम्मा दिन सकिने आयोजना प्रमुख रविसिंह चौधरीले बताए । बजेटको विषय भने चौधरीले खुलाएनन् । प्रशारण लाइन निर्माणले कर्णालीका जनतालाई उज्यालो प्रदान गर्ने र जीविकामै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित समय ०९:२२ बजे
















