गृहपृष्ठ अवैध लागूऔषधसहित पक्राउ
अवैध लागूऔषधसहित पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पर्सा वीरगन्ज महानगरपालिका-१३ मुर्ली बस्ने २८ वर्षीय नाजिर हुसेनलाई नियन्त्रित लागूऔषध सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख १४९९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार हुसेनलाई नियन्त्रित लागूऔषध फेनरागन १ सय ९९ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाइजेपाम १ सय ९५ एम्पुलसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की पोखरा महानगरपालिका-१० बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित सोही महानगरपालिका फुलबारी बस्ने २२ वर्षीय नारायण कार्कीलगायत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १४:२४ बजे

















