गृहपृष्ठ यी हुन् नेपालमा पाइने २ लाखभन्दा कम मूल्यका मोटरसाइकल

यी हुन् नेपालमा पाइने २ लाखभन्दा कम मूल्यका मोटरसाइकल

chepa-motorcycle-newskarobar

भारतीय बजारमा २ लाख रुपैयाँको हाराहारी मूल्यमा राम्रै मोडलका मोटरसाइकलहरु पाइन्छन् । तर धेरैलाई लागेको हुनसक्छ, नेपालमा भने यस्तै मूल्यमा कुनै मोटरसाइकल पाउन सम्भव नै छैन ।

यो गलत हो । नेपालमा पनि २ लाख रुपैयाँभन्दा कम मूल्यमै निकै आकर्षक र राम्रो माइलेज दिने मोटरसाइकलहरू पाइन्छन् । यो कुरा सायद कमैलाई थाहा होला ।

बढ्दो सवारी मोह तथा व्यस्त जीवनमा मोटरसाइकल अधिकांशको चाहाना मात्रै नभएर आवश्यकता पनि बन्दै गएको छ । यस्तो अवस्थामा अधिकांश ग्राहक सस्तो र उचित माइलेज दिने सवारी साधनको खोजीमा हुन्छन् । कामकाजी मानिसका लागि उपयुक्त हुने मोटरसाइकल पनि स्कुटरकै मूल्यमा पाइन्छ भन्दा अनौठो लाग्न सक्छ । तर अहिले होन्डा, बजाज, यामाहा, सुजुकीजस्ता नाम चलेका ब्राण्डका मोटरसाइकल पनि स्कुटरकै रेटमा पाइन्छ ।

यी हुन् सस्तो मोटरसाइकलहरू

होन्डा सीडी ड्रिमः

आवरणमा होन्डाको साइन मोडलजस्तै देखिने ११० सीसी क्षमताको इन्जिन भएको सीडी ड्रिमको मूल्य नेपाली बजारमा १ लाख ७८ हजार ९०० रुपैयाँ तोकिएको छ । सीडी ड्रिमले प्रतिलिटर ७४ किलोमिटर माइलेज दिन्छ । होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङले यस मोटरसाइकलको विक्रीवितरण गर्दै आएको छ ।

यामाहा स्यालुटोः

यामाहाको स्यालुटो मोडलको मोटरसाइकलको मूल्य पनि नेपाली बजारमा १ लाख ८५ हजार रुपैयाँ मात्र रहेको छ । ११३ सीसी इन्जिन क्षमता रहेको स्यालुटोले प्रतिलिटर ७८ किलोमिटर माइलेज दिन्छ । विक्रेता कम्पनी एमडब्ल्यु इन्टरप्राइजेजले स्यालुटो मोडलकै १ लाख ८५ हजार र १ लाख ८७ हजार मूल्यमा मोटरसाइकल पनि विक्रीवितरण गर्दै आएको छ ।

टीभीएस रेडोनः

टीभीएसले केही दिन अगाडिमात्रै नेपाली बजारमा ल्याएको रेडोनको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा विक्रीवितरण गर्दै आएको रेडोनमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । यो मोटरसाइकलले प्रतिलिटर ६९ किलोमिटर माइलेज दिने एआरएआई सर्टिफाईड रहेको छ ।

हिरो स्प्लेन्डर प्लसः

कुनै समय सर्वाधिक चर्चामा रहेको हिरो ब्राण्डको स्प्लेन्डर मोटरसाइकलको प्रयोग अहिले पनि उत्तिकै छ । झट्ट हेर्दा आवरण पनि आकर्षक, टिकाउ र सस्तो अनि माइलेज पनि राम्रै दिने हुँदा बजारमा अझै यसको क्रेज घटेको छैन । नेपाली बजारमा यसको मूल्य १ लाख ७६ हजार रुपैयाँ मात्र पर्दछ । ९७.२२ सीसी इन्जिन क्षमता रहेको यसले प्रतिलिटर ८०.६ किलोमिटरको माइलेज दिन्छ । नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ रहेको छ ।

सुपर स्प्लेन्डरः

हिरो स्प्लेन्डर प्लसको सर्वाधिक चर्चापछि भित्रिएको अर्को मोडल हो हिरोकै सुपर स्प्लेन्डर । १२५ सीसीको इन्जिन क्षमता रहेको सुपर स्प्लेन्डरको नेपाली मूल्य १ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने दाबी एआरएआईको छ ।

स्प्लेन्डर आई स्मार्टः

एनजीएमले नेपाली बजारमा विक्री गर्दै आएको आई स्मार्ट टेक्नोलोजीयुक्त यो मोटरसाइकलले जाममा बस्दा तेलको खपत गर्दैन । जसको कारण यो प्रविधि निकै चर्चित बन्दै आएको छ । कम्पनीले १ लाख ८३ हजार ५०० रुपैयाँमा विक्री गर्दै आएको यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । जसले प्रतिलिटर ७५ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

बजाज प्लाटिनाः

बजाजले भारतीय बजारमा सबैभन्दा धेरै विक्री गर्ने प्लाटिना नेपाली बजारमा १ लाख ६४ हजार ९०० रुपैयाँमा उपलब्ध छ । १०२ सीसी क्षमताको इन्जिन रहेको यो मोटसाइकलले प्रतिलिटर ९७ किलोमिटर माइलेज दिँदै आएको छ ।

सुजुकी ह्यातेः

हेर्दा होन्डा साइनजस्तै लाग्ने यो मोटरसाइकल नेपाली बजारमा विशाल ग्रुप अन्तर्गतको सुजुकी भिजीले विक्री गर्दै आएको छ । ११३ सीसी क्षमताको इन्जिन रहेको यो मोटरसाइकलको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

टीभीएस स्ट्राइकरः

जगदम्बा मोर्टसले विक्री गर्दै आएको टीभीएस स्ट्राइकर पनि २ लाखभन्दा कम मूल्यको अर्को मोटरसाइकल हो । यसलाई कम्पनीले १ लाख ९२ हजार ९०० रुपैयाँ मूल्य राखेर विक्रीवितरण गर्दै आएको छ । स्ट्राइकरमा १२५ सीसी क्षमताको इन्जिन रहेको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

बजाज डिस्कभरः

बजाज डिस्कभर नेपाली बजारमा ३ बिभिन्न भेरियन्टमा उपलब्ध छ । कम्पनीले १२५ सीसी इन्जिन क्षमतामा ल्याएको डिस्कभरमा ड्रम ब्रेक, डिस्क ब्रेक र एसटी विक्री गरिरहेको छ । जसको मूल्य क्रमशः १ लाख ८३ हजार ९००, १ लाख ९१ हजार ९०० र २ लाख १ हजार ९०० रुपैयाँ रहेको छ । बजाज डिस्कभरले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु