गृहपृष्ठ महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, म्याद थप गर्ने तयारी

महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, म्याद थप गर्ने तयारी

krishna bahadur mahara_newskarobar

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपयिस्थत गराएको छ ।

आइतबार मध्याह्न महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा अनुसन्धान गर्न यसअघि अदालतले ३ दिन म्याद थपेको थियो । अनुसन्धान नसकिएकाले प्रहरीले आज फेरि म्याद थप्ने तयारी गरेको छ । आज म्याद थप गरी बयान लिने प्रहरीले जनाएको छ । अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि काठमाडौंस्थित एक अस्पतालमा भर्ना भएका छन् । उनले प्रहरीलाई बयान दिन मानेका छैनन् ।

महरा गत असोज १९ गते पक्राउ परेका थिए । महराले असोज १३ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु