गृहपृष्ठ रोजगारीका लागि मलेशिया पुगेको १ महिनामै मृत्यु
रोजगारीका लागि मलेशिया पुगेको १ महिनामै मृत्यु
रोजगारीका लागि मलेशिया गएको महिना दिनमै एक नेपालीको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका-२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो)को असोज २९ गते मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए ।
केसी डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका थिए । केसीको शव सोमबार ल्याउने तयारी भएको बताइएको छ ।
प्रकाशित समय १३:५३ बजे

















