गृहपृष्ठ कास्कीमा १० लाख ५८ हजार नगदसहित ९ जुवाडे पक्राउ
कास्कीमा १० लाख ५८ हजार नगदसहित ९ जुवाडे पक्राउ
सांकेतिक तस्बिर
जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित ९ जना जुवाडे पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । जुवाडेलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:०९ बजे

















