गृहपृष्ठ सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री

सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री

बेल्जियममा पहिलोपटक महिला प्रधानमन्त्रीले मुलुकको नेतृत्व गर्ने भएकी छन् । अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी हुन् ।

नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन् । अक्टोबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेलको दलको समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।

प्रधानमन्त्री सोफीलाई राजा फिलिपले राजकीय समारोहबीच शपथ गराएका छन् । २०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । (एजेन्सी)

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु