गृहपृष्ठ दुर्इदिने निःशुल्क शिविरबाट ११ सय लाभान्वित
दुर्इदिने निःशुल्क शिविरबाट ११ सय लाभान्वित
बैतडी- बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।
उक्त शिविरबाट एक हजार १ सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४ सय ५ जनाको नाक, कान घाँटीको उपचार, ३ सय ६७ जनाको सामान्य चेकजाँच, २ सय ५७ जनाको दाँतसम्बन्धी उपचार, १ सय ३९ जनाको स्त्रीरोग तथा महिलाको पाठेघरसम्बन्धी समस्याको उपचार गरिएको छ ।
सामाजिक विकास तथा सचेतना समाजको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय, बैतडीको प्राविधिक सहयोग र प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय तथा शिवनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाक—कान—घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । यसअघि उक्त शिविर दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि सञ्चालन गरिएको थियो । यसपश्चात आज पञ्चेश्वरमा उक्त शिविर सञ्चालन हुने बताइएको छ ।
-रासस
प्रकाशित समय ०८:३७ बजे

















