गृहपृष्ठ सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल बिनोद माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको हो । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सो सहयोग रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख खकार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई २ लाख रुपैयाँको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेकी हुन् ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशीलताको विकास हुनु नितान्त आवश्यक रहेको भन्दै सामुदायिक विद्यालय आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिनेमा जोड दिए । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनको भनाइ थियो ।
सो अवसरमा विद्यालयले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको बताएको थियो । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको बैंकले जनाएको छ ।
बैंकले हाल ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ एकाइबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु