गृहपृष्ठ बंगलादेशका राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता
बंगलादेशका राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा भएकाे भेटवार्तामा दुई देशबीचकाे आपसी सम्बन्ध लगायतका विषयमा कुराकानी भएकाे बताइएकाे छ ।
यसअघि, राष्ट्रपति हमिदले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेट गरेका थिए । आजै दिउँसाे २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम तय भएकाे छ ।
दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ ।
नेपालकाे चारदिने भ्रमणका क्रममा मंगलबार काठमाडाैँ उत्रिएका राष्ट्रपति हमिद आज दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् ।
प्रकाशित समय १२:५९ बजे


















