गृहपृष्ठ ‘पहिला भारतीय सेना फिर्ता अनि मात्र भारतसँग वार्ता’

‘पहिला भारतीय सेना फिर्ता अनि मात्र भारतसँग वार्ता’

kalapani-newskarobar

सीमाविद् हिरण्यलाल श्रेष्ठले कालापानीबाट पहिला भारतीय सेना हटाउनुपर्ने बताएका छन् । ‘सीमा अतिक्रमण : विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तर्क्रियामा सोमबार उनले भारतीय सेना हटेपछि मात्र वार्ता गर्नुपर्ने बताएका हुन् ।

कालापानीमा सेना राखेर सम्झौता गर्न नहुने भन्दै सरकारलाई उनले दृढतासाथ भारतसँग संवाद गर्न सुझाव दिए । लिम्पियाधुरा फिर्ता लिनुको विकल्प नभएको सीमाविद् श्रेष्ठको भनाइ छ । सुगौली सन्धि इस्ट इन्डिया कम्पनीसँग गरिएकाले बेलायतलाई मध्यस्थता गराउन सकिने उनको सुझाव छ । ‘पहिले द्विपक्षीय, चीनसहित त्रिपक्षीय वार्ता गर्नुपर्छ र त्यसले पनि नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ,’ उनले भने ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु