गृहपृष्ठ १३औँ साग : प्रधानमन्त्रीले खेलाडी र पदाधिकारीसँग भेट्ने
१३औँ साग : प्रधानमन्त्रीले खेलाडी र पदाधिकारीसँग भेट्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडी र पदाधिकारीहरूसँग भेटघाट गर्ने भएका छन् । मंगलबार प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा खेलाडी तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।
सबैलाई काठमाडौँ आउन भनिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले बताए । रानाभाटका अनुसार सबै खेलका प्रशिक्षक, पदाधिकारी र प्रशिक्षणरत खेलाडीहरूलाई कार्यक्रममा बाेलाइएकाे हाे ।
खेलाडीहरूलाई कार्यक्रममा बोलाइएपछि नियमित प्रशिक्षण भने प्रभावित हुने भएकाे छ । सागमा सहभागी हुने खेलाडीहरू काठमाडौँ, पोखरा र ललितपुरमा बन्द प्रशिक्षणमा छन् ।
सागमा पदक जित्ने खेलाडीलाई दिइँदै आएको नगद पुरस्कारमा वृद्धि गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ । हालसम्म स्वर्ण पदक जित्नेलाई ३, रजत जित्नेलाई २ र काश्य जित्नेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइँदै आएको छ ।
प्रकाशित समय १४:१९ बजे

















