गृहपृष्ठ जिल्ला र प्रदेश कमिटीको एकता टुंग्याउन निर्देशन

जिल्ला र प्रदेश कमिटीको एकता टुंग्याउन निर्देशन

प्रेस संगठन नेपालले यही मंसिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुंग्याउन निर्देशन दिएको छ । संगठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुंग्याउन निर्देशन दिएको संगठनका संयोजक महेश्वर दाहालले जानकारी दिए ।

उनका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने व्यवस्था छ ।

संगठनले एक व्यक्ति एक पदको नीति लागु गर्दै कमिटी एकता गर्दा संयोजक र सहसंयोजक पूर्व कमिटीका अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ । यदि पूर्व अध्यक्ष संयोजक कमिटीमा बस्न नमिलेमा वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इन्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुंगो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ । (रासस)

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु