गृहपृष्ठ टुटल र पठाओलाई कारबाही नगर्न यातायातमन्त्रीको निर्देशन
टुटल र पठाओलाई कारबाही नगर्न यातायातमन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले टुटल र पठाओलाई कारबाही नगर्न निर्देशन दिएका छन् । आइतबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई मन्त्रालयमै बोलाएर उनले टुटल र पठाओलाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन् ।
मन्त्री नेम्वाङले यातायात मन्त्रालयमा आफू आउनासाथ टुटल र पठाओलाई कारबाहीको प्रक्रिया थाल्दा नराम्राे सन्देश जाने बताउँदै तत्कालका लागि यथास्थितिमा रहन दिन निर्देशन दिएका थिए ।
यसअघि यातायात व्यवस्था विभागले मंसिर ४ गते सूचना जारी गर्दै निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो ।
प्रकाशित समय १७:३० बजे

















