गृहपृष्ठ ‘सिद्धबाबा’लाई ४ दिन थुनामा राख्न अदालतले दियो अनुमति

‘सिद्धबाबा’लाई ४ दिन थुनामा राख्न अदालतले दियो अनुमति

बलात्कार गरेको आरोपमा सोमबार बिहान विराटनगरस्थित विराट नर्सिङ होमबट पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ ।

उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेकाे आरोप छ । सुनसरीको चतरास्थित आश्रममै कृष्णदासले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प्रहरी पुगेको थियो । तर हृदयघात भएको भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो ।

सोलुखुम्बुमा जन्मिएर सुनसरीको चतरामा बस्दै आएका उनको वास्तविक नाम कृष्णबहादुर गिरी हो । उनले उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीहरुलाई समेत प्रभावमा पारेका  छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजबाट प्रभावित भएको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु