गृहपृष्ठ प्रदेश १ मा ६ महिनामा २८ जनाको हत्या, आफन्तबाटै मारिए ८ जना

प्रदेश १ मा ६ महिनामा २८ जनाको हत्या, आफन्तबाटै मारिए ८ जना

प्रदेश १ मा ६ महिनाको अवधिमा २८ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार साउनदेखि असोजसम्ममा २८ जनाको हत्या भएको हो ।

झापामा ६, इलाममा १, पाँचथरमा २, ताप्लेजुङमा १, मोरङमा ४, सुनसरीमा १ र भोजपुरमा ३ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर काइरालाले जानकारी दिए । त्यसैगरी संखुवासभामा १, उदयपुरमा ४, खोटाङमा २ र सोलुखुम्बुमा ३ जनाको हत्या भएको कार्यालयले जनाएको छ । कर्तव्य ज्यानअन्तर्गत दर्ता भएका २७ मुद्दामा प्रहरीले ४७ जनालाई पक्राउ गरेको छ भने ९ जना फरार रहेको प्रवक्ता कोइरालाले बताए ।

आफन्तबाटै ८ जनाको हत्या
आठ जना आफन्तबाटै मारिएका छन् । आफन्तबाट सुनसरी, संखुवासभा, मोरङ, खोटाङ, इलाम र भोजपुरमा एक/एक जनाको हत्या भएको छ भने उदयपुरमा २ जनाको आफन्तबाटै हत्या भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु