गृहपृष्ठ विश्वका गरिब-धनी सबै देशमा जलवायु परिवर्तनको मार

विश्वका गरिब-धनी सबै देशमा जलवायु परिवर्तनको मार

जलवायु परिवर्तनले बिस्तारै विश्वका अल्पविकसित र विकसित वा गरिब र धनी कुनै पनि देशलाई समस्यामा पार्दै छ । जलवायु परिवर्नबाट सिर्जना हुने विपत्तिबाट कोही चोखो रहन सक्दैन । यसले सबैलाई असर पार्छ । जापान, फिलिपिन्स, फ्रान्स जस्ता मुलुकमा गत वर्ष प्रतिकूल मौसमबाट सर्वाधिक क्षति भयो । पर्यावरणसम्बन्धी अध्ययनकर्ताहरूले बुधबार मेडागास्कर र भारत यस वर्ष प्रतिकूल मौसमको चपेटामा कम मात्र परेको जानकारी दिए ।

पर्यावरण थिंकट्यांक जर्मनवाचले उजागर गरेको रिपोर्टअनुसार गत वर्ष जापानले वर्षापछि बाढी, दुई पटक गर्मी र २५ वर्षयताको सबैभन्दा विनाशकारी आँधीको सामना गर्‍यो । यी विपत्तिबाट जापानका सयौं मानिस मारिए, हजारौं मानिसका घर भत्किएर २५ अर्ब डलर बराबरको क्षति भयो ।यो वर्षको विश्वमै जलवायुको खतरा सूचकांकअनुसार श्रेणी-५ को शक्तिशाली चक्रवाती तुफान सेप्टेम्बरमा उत्तरी फिलिपिन्स हुँदै गयो ।

यस तुफानका कारण अढाइ लाख फिलिपिनी विस्थापित भए । धेरै धनजनको क्षति हुने गरी पहिरो पनि गयो । अमरउजालाका अनुसार जर्मनीले गत वर्ष सबैभन्दा बढी गर्मी र सुक्खाको सामना गर्‍यो । औसत तापक्रम करिब तीन डिग्री सेल्सियसभन्दा बढी हुँदा चार महिनामा १ हजार २ सय ५० जनाको असामयिक निधन भयो । यो वर्ष जर्मनीको ५ अर्ब डलर बराबर नोक्सानी भयो । भारतले पनि सन् २०१८ मा लुको सामना गर्नुपर्‍यो भने १ सय वर्षकै सबेभन्दा भीषण बाढी र दुई तुफानको पनि सामना गर्‍यो । यसबाट भारतको कुल ३८ अर्ब डलर बराबर नोक्सानी भयो ।

सन् २०१८ मा मौसमका कारण सिर्जित विपत्तिबाट सबैभन्दा बलियो अर्थव्यवस्था पनि प्रकृतिको आशीर्वादमा निर्भर रहन्छ भन्ने कुरा प्रमाणित भयो । जर्मनवाचका अध्ययनकर्ता लौरा स्किफरले भने, ‘जलवायु परिवर्तन र पटकपटक बहने तातो हावाबीच गहिरो सम्बन्ध रहेको विज्ञानले प्रमाणित गरेको छ ।’ उनले थपे, ‘युरोपमा सय वर्षअघिको तुलनामा तातो हावा बहने सम्भावना १ सय गुनासम्म बढेको छ ।’ सन् २००३ को गर्मीका कारण पश्चिमी युरोप विशेषगरी फ्रान्समा करिब ७० हजार मानिसको मृत्यु भएको थियो । गत वर्ष विगत २० वर्षमा सबभन्दा बढी मौसमी मार गरिबको क्षेत्रमा परेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु