गृहपृष्ठ १३ औं साग : आज कुन खेल कहाँ हुँदै छन् ?

१३ औं साग : आज कुन खेल कहाँ हुँदै छन् ?

आर्चरी

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिष्पर्धा हुँदै छ ।

सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरी कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सिङमा प्रतिष्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले बंगलादेश यू–२३ को सामना गर्ने छ । यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै छ । त्यस्तै बक्सिङ आजबाट सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेल पनि हुनेछ ।

भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ ।
त्यस्तै टेबल टेनिसमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ ।

आज हुने खेलमा ह्याण्डबलमा पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासँग खेल्ने छ ।

पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । बास्केटबल शुक्रबार तीन खेल हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ । त्यस्तै ब्याडमिन्टनतर्फ सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ ।

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु भइसकेको छ । त्यस्तै आर्चरी खेल आजबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।

त्यस्तै आजबाट नै स्क्वासको खेलहरु हुँदैछन् । प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ ।

बिच भलिबलतर्फ महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ । बिहिबार नेपालले महिला र पुरुषको चार खेलमा पराजय व्यहोरेको थियो ।

फेन्सिङ, टेनिस, कुस्ती, साइक्लिङलगायतका खेलहरुमा आज प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु