गृहपृष्ठ भारतमा दिल्लीको खाद्यान्न बजारमा आगलागी हुँदा ३५ को मृत्यु
भारतमा दिल्लीको खाद्यान्न बजारमा आगलागी हुँदा ३५ को मृत्यु
नयाँदिल्लीको रानी झाँसी रोड क्षेत्रस्थित खाद्यान्न बजारमा आइतबार बिहानै आगो लाग्यो । यस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले भने, ‘५० जनाभन्दा बढी मानिसको उद्धार गरिसकिएको छ । अधिकांश पीडितहरू धुवाँबाट प्रभावित छन् ।’
दमकल विभागका अनुसार सबेरै ५:२२ मा आगलागी भयो । दैनिक भास्करका अनुसार ३० वटा दमकलले आगो निभाउने प्रयास गरे । स्थानीय लोकनायक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर कुमारले भने, ‘१४ शव अस्पताल ल्याइपुर्याइएका छन्, चिकित्सकको टोलीले घाइतेको उपचार गर्दै छ ।’
प्रकाशित समय १०:२१ बजे

















