गृहपृष्ठ ऋषभदेवको ‘कविताको कथा’ लोकार्पण

ऋषभदेवको ‘कविताको कथा’ लोकार्पण

kabitako katha

भानु प्रतिष्ठानद्वारा प्रकाशित कवि ऋषभदेव घिमिरेको कविता संग्रह ‘कविताको कथा’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गरी शनिबार प्रा.डा. वासुदेव त्रिपाठी, भानु प्रतिष्ठानका महासचिव डी.पी अर्याललगायतले कविता संग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा समालोचक महेश पौड्यालले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए भने डा. तुलसीप्रसाद भट्टराईले कविताको अन्तरवस्तु भाव र विशिष्टताबारे धारणा राखेका थिए । कविताको कथा संग्रहबाट कवि राधिका गुरागाईं, डा. विदुर वस्ती, गजलकार जय गौडेलले समय संवेदना, बिहान र भानुमा नै समर्पण शीर्षकका कविता वाचन गरेका थिए ।

भानु प्रतिष्ठाको संयोजनमा आयोजित लोकार्पण समारोहमा प्रा.डा. त्रिपाठीले कविताको संरचना, समकालिकता र सुक्ति विन्यासका बारेमा प्रकाश पारेका थिए । कविता संग्रहमा जीवन र जगत, प्रकृति, राष्ट्रप्रेम, मिथलगायत समसामयिक कविता संगृहीत छन् । ‘कविताको कथा’भित्र पद्य कविता भने दुई वटा मात्र छन् ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु