गृहपृष्ठ कटहरीमा सम्पन्न डोरीतानको उपाधि योङ हर्ट ग्रुपलाई
कटहरीमा सम्पन्न डोरीतानको उपाधि योङ हर्ट ग्रुपलाई
मोरङको कटहरीमा सम्पन्न डोरी तान प्रतियोगिताको उपाधि योङ हर्ट गु्रप कटहरी–१ ले जितेको छ । कटहरी गाउँपालिका डोरी तान संघको आयोजनामा कटहरी–१ स्थित महेशपुरमा सम्पन्न क्लब स्तरीय डोरी तान प्रतियोगिताको फाइनलमा योङ हर्ट गु्रप महेसपुरले शान्ति युवा स्पोर्टिङ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता योङ हर्ट गु्रप महेसपुरले नगद ८ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको शान्ति युवा स्पोर्टिङ क्लबले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई प्रमुख अतिथि नेकपाका युवा नेता पर्शुराम बस्नेत, नेकपा जिल्ला कमिटी सदस्य सुभाषकुमार सरदार, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, डोरी तान संघ मोरङकी अध्यक्ष रिता न्यौपानेलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा ७ वटा क्लबले सहभागिता जनाएको कटहरी डोरी तान संघका अध्यक्ष हरी राजवंशीले जानकारी दिए ।
प्रकाशित समय १०:३७ बजे

















