गृहपृष्ठ साग समापनको दिन ट्राफिक महाशाखाको यस्तो छ अनुरोध
साग समापनको दिन ट्राफिक महाशाखाको यस्तो छ अनुरोध
१३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापनका लागि उपत्यकावासीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध गरेको छ । महाशाखाले ट्राफिक व्यवस्थापन चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन सर्वसाधारणसमक्ष ९ बुँदे अनुरोध गरेको हो ।
महाशाखाको अनुरोध :
१. मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुदसम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङरोडभित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन ।
२. ठुला मालवाहक सवारी साधनहरू रिङरोडभित्र प्रवेश नगरिदिनु हुन ।
३. दशरथ रंगशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन ।
४. २४ गते समापनका दिन कमभन्दा कम सवारी साधनहरू निकाल्नु हुन ।
५. सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन ।
६. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङस्थल काठमाडौँ मल अगाडिको टुँडिखेलमा तोकिएकोले सोहीअनुसार गरिदिनुहुन ।
७. हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन ।
८. ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्नुहुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन ।
९. ट्राफिकसम्वन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफएम ९५.५ मेघाहर्ज सुन्नहुन ।
प्रकाशित समय १२:३२ बजे

















