गृहपृष्ठ महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

नेपालकी अञ्जली सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितनजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक-एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडनसहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर ‘प्लेयर अफ द फाइनल’ भइन् ।

अञ्जली चन्द ।

यसअघि पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वाधिक २९ रन जोडिन् । त्यस्तै, संजिदा इस्लाम र फाहिमा खातुनले समान १५/१५ रन बनाए भने मुर्सिबा खातुनले १४ रन बनाइन् ।

श्रीलंकाको बलिङमा उमासा थिमेसाजले ४ तथा सत्या सन्दिपनी, सरिका सेवान्डी, कभिसा दिल्हारी र नलासा रनतुंगाले समान १/१ विकेट हाता पारे । श्रीलंकाको ब्याटिङमा हर्षिता समाराविराले ३२, लिहिनी अप्सराले २५ तथा निलक्साना सन्दामिनीले १० रन जोडिन् ।

४ इनिङमा ११.१ ओभर बलिङ गर्दै ५ मेडनसहित ११ विकेट लिएकी नेपालकी बलर अञ्जली चन्द प्रतियोगिताकै उत्कृष्ट बलरसहित ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भइन् । त्यस्तै ४ इनिङमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समाराविकर्मा उत्कृष्ट ब्याट्सवुमन घोषित भइन् ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु