गृहपृष्ठ उच्च पहाडी र हिमाली भेगमा भारी हिमपातको सम्भावना, सतर्क रहन आग्रह

उच्च पहाडी र हिमाली भेगमा भारी हिमपातको सम्भावना, सतर्क रहन आग्रह

mausam-newskarobar

उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेकाले हिमपातसँगै तापक्रममा गिरावट आउने र वर्षा पनि हुनसक्ने भन्दै महाशाखाले सचर्क रहन सर्वसाधरणलाई अपिल गरेको छ ।

पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने महाशाखाको अनुमान छट । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ ।

महाशाखाका अनुसार यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना छ। उक्त प्रणालीका कारण देशैभर बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने देखिन्छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत छ । बुधबारबाट सुरू हुने यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु