गृहपृष्ठ प्रभुले ल्यायो ‘प्रभु स्पेसल सेभिङ खाता, सैनिकको पेन्सन अब बैंक खातामै

प्रभुले ल्यायो ‘प्रभु स्पेसल सेभिङ खाता, सैनिकको पेन्सन अब बैंक खातामै

prabhuBank_britishSainik

प्रभु बैंकले ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत र पूर्वसैनिकलाई लक्षित गरी ‘प्रभु स्पेसल सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।

सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालका अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । समिति ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा पूर्व गोर्खा सैनिकको हितमा क्रियाशील गैरसरकारी संस्था हो । समितिले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आफ्नो नाममा खाता खोलेर कारोबार गर्नेछ । अब समितिका सदस्यले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट शुन्य मौज्दातमा प्रभु स्पेसल सेभिङ खाता खोल्न सक्नेछन् । यो खातामा वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेणन्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । खाता खोल्ने ब्रिटिस सैनिकमा कार्यरत सैनिक तथा पूर्व ब्रिटिस गोर्खा सैनिकले लकर सेवा, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैंकिङ उपभोग गरेबापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

स्पेसल प्रभु सेभिङ खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षकअन्तर्गत बिनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु