गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : इटालियन क्लब युभेन्टस विजयी

च्याम्पियन्स लिग फुटबल : इटालियन क्लब युभेन्टस विजयी

च्याम्पियन्स लिग फुटबलमा बुधबार राती भएको खेलमा इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ ।

समूह डी को विजेताका रुपमा यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको युभेन्टसले बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बायर लेभरकुजनलाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टस पहिलो हाफमा गोलरहित बराबरीमा रोखिएको थियो । उसले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

इन्जुरी समयको दोस्रो मिनेटमा गोन्जालो हेगुइनले गोल गरेपछि युभेन्टस २–० ले विजयी भयो ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु