गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : मोहम्मद सालहले दुई गोल गरेपछि लिभरपुलले जित्यो
इंग्लिस प्रिमियर लिग : मोहम्मद सालहले दुई गोल गरेपछि लिभरपुलले जित्यो
इंग्लिस प्रिमियर लिग अन्तर्गत मोहम्मद सालहले दुई गोल गरेपछि लिभरपुलले जित्योइंग्लिस प्रिमियर लिग फुटबलमा मोहम्मद सालहले लगातार दुई गोल गरेपछि लिभरपुल जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मोहम्मद सालहले दुवै गोल गरेर लिभरपुललाई जित दिलाएका हुन् ।
३८ औँ मिनेटमा पहिलो गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका सालहले ९० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल हानेका हुन् ।
प्रकाशित समय ०९:१४ बजे

















