गृहपृष्ठ बार्यन म्युनिखले शानदार जित
बार्यन म्युनिखले शानदार जित
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले वेर्डेर ब्रेमेनलाई ६–१ ले पराजित गरेको हो ।
बार्यनको जितमा फिलिप कोन्टिन्होले ह्याट्रिक गरे । उनले ४५, ६३ र ७८ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । यस्तै रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
उनले पहिलो हाफको इन्जुरी समयको चौथो र ७२ औँ मिनेटमा गोल गरेका हुन् । वान्डोस्कीले यो सिजन अहिलेसम्ममा २३ खेलमा २९ गोल गरेका छन् ।
प्रकाशित समय ०९:२१ बजे

















