गृहपृष्ठ नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ
नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सापकोटालाई आइतबार प्रतिनिधिसभा बैठकले सभामुखमा निर्विरोध चयन गरेको थियो । उनले सोमबार नै पदभार ग्रहण गरेका छन् ।


प्रकाशित समय १२:२९ बजे

















