गृहपृष्ठ यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित
यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित
यौन शोषणको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरिएको छ ।
यौन शोषणको आरोप लागेपछि एसएसपी राणालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।
उनीमाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । आरोप लागेसँगै प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयहलाई अनुरोध गरेको थियो ।
पीडित महिलाले सुनसरी उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी परेपछि सुनसरी प्रहरीले राणालाई पक्रन अनुमति मागेको छ ।
प्रकाशित समय १६:३२ बजे

















