गृहपृष्ठ आइसीसी अन्डर १९ क्रिकेट : सेमिफाईनलमा भारत र पाकिस्तान भिड्दै
आइसीसी अन्डर १९ क्रिकेट : सेमिफाईनलमा भारत र पाकिस्तान भिड्दै
आइसीसी अन्डर १९ क्रिकेट विश्वकपको सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।
शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा भारतसँग भेट पक्का गरेको हो ।
अफगानिस्तानले दिएको १९० रनको लक्ष्य पछाएको पाकिस्तानले ४१.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४९.१ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो ।
योसँगै यू १९ विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब पहिलो सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा न्युजील्याण्ड र बंगलादेश खेल्ने भएका छन् ।
प्रकाशित समय ०८:३७ बजे

















