गृहपृष्ठ सेतीको खोँचमा खसेका युवकको ५ घण्टापछि उद्धार
सेतीको खोँचमा खसेका युवकको ५ घण्टापछि उद्धार
खोजी कार्यमा प्रहरी र स्थानीय ।
सेतीकाे खाेँचमा खसेका २३ वर्षीय आकाश गुरुङकाे पाँच घण्टापछि सकुशल उद्वार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टाेलीले उनको उद्धार गरेको हो । पोखरा बस्दै आएका गुरूङकाे घर म्याग्दी भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीका अनुसार उनकाे अवस्था सामान्य रहेकाे छ । उनलाई अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएकाे डीएसपी केसीले जानकारी दिए ।
कुकुर डोहोर्याएर हिँडिरहेका गुरूङ सोमबार बिहान चाइना पुलबाट सेती नदीमा खसेका थिए ।स्थानीयका अनुसार कुकुर खसेपछि त्यसलाई बचाउने क्रममा उनी आफैँ लडेर सेती नदीको खोँचमा खसेका हुन् । मर्निङवाकमा निस्किएका गुरुङ सेतीमा खसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित समय १३:३६ बजे

















