गृहपृष्ठ नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान
नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
दर्ज्यानी चिह्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित अन्य प्रहरी अधिकारीको उपस्थित रहेको थियो ।
आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकाश पाएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २७औँ आईजीपीको रूपमा ज्ञवालीलाई नियुक्त गरेको थियो ।
नवनियुक्त आईजीपी ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञवालीले बुधबारै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।
प्रकाशित समय १२:२७ बजे

















