गृहपृष्ठ नेकपाका प्रमुख सचेतक फुयाँल भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त
नेकपाका प्रमुख सचेतक फुयाँल भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त
बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।
बागमती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल पहिलो पटक मन्त्री भएका हुन् ।
प्रकाशित समय १२:०६ बजे
















