गृहपृष्ठ स्वास्थ्य सचिवलाई खुला पत्र

स्वास्थ्य सचिवलाई खुला पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फागुन १ गते स्वास्थ्य बिमाबारे छलफलका लागि स्वास्थ्य राज्यमन्त्री नवराज राउतको कार्यकक्षमा डाकिएको रहेछ । बैठकमा स्वास्थ्य सचिव खगराज बरालले ‘चिकित्सकहरू बिक्छन्, म शिक्षा सचिव हुँदा चार‑पाँच जना प्राध्यापक मलाई ढोग्न आउँथे’ जस्ता पदीय मर्यादाविपरीत टिप्पणी गर्नुभएको भन्ने समाचार पढ्न र हेर्न पाइयो । त्यस उपरान्त स्वास्थ्य बिमा बोर्डका सदस्य एवं सह-प्राध्यापक डा. सतिश देवले पदबाट राजीनामासमेत दिनुभयो । पदीय मर्यादा र सामान्य शिष्टाचारको ठीक विपरीत आएको उक्त टिप्पणीप्रति मेरो विनम्र प्रश्न छ‑  ‘सचिवज्यू ! डाक्टरहरु झुरै हुन् त ?’

राम्रा‑नराम्रा मान्छे हरेक पेसामा हुन्छन् तर उच्च प्रशासनिक पदमा आसिन व्यक्तिबाट यस्तो निम्छरो टिप्पणी आउनु, त्यसबारे जनप्रतिनिधि तथा राज्यमन्त्रीबाट मौन स्वीकारोक्ति हुनु राज्यव्यवस्था नै नैतिक रुपमा स्लखित हुँदै जानुको लक्षण हो । स्मरण रहोस्, कुनै व्यक्ति, जाति, समुदाय र पेसागत समूहप्रति लक्षित भएर गरिने यस्ता डेरोगेटरी टिका‑टिप्पणी भर्बल ह्यारासमेन्ट, हेट स्पिच र बुलिइङअन्तर्गत पर्छन् । यस्ता अमर्यादित गतिविधिलाई राज्यले स्वीकार्दै जानुले चिकित्सक, प्राध्यापकलगायत समस्त पेसाकर्मीलाई निरुत्साहित बनाउने निश्चित छ । तसर्थ सम्बन्धित पक्षले यस्ता भर्बल ह्यारासमेन्ट र हेट स्पिच हुने खालका निकृष्ट टिप्पणी गर्ने प्रचलनलाई नीतिगत रुपमै निरुत्साहित पार्नुपर्ने हो कि ?

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु